काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पछि सारिएको छ। असोज २ गतेका लागि बोलाइएको बैठक ४ गतेका लागि सारिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएपछि काँग्रेसले वीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको थियो। सोही कारण केन्द्रीय कार्यसमितिको बैठक पनि सारिएको काँग्रेस नेताहरूले बताएका छन्।

मुख्य सचिव पौडेलेका अनुसार बैठक असोज ४ गते दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ।