ग्यास लिक भएर आगलागी हुँदा आमा छोरीको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
5 Shares

सल्यान। ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उहाँका नौ महिने छोरी ऋतु थापाको मृत्यु भएको हो।

शुक्रबार राति खाना खाएर सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन्। प्रहरीले ग्यास चुलोको आगोबाट सुती रहेको बिस्तारामा आगो सल्किँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्