वि.व्य.स. का अध्यक्ष अर्यालद्धारा गुप्ताको पठनपाठनको लागि अभिभावकत्व ग्रहण

pic
लोकपाटी न्यूज
5 Shares

सुनवल। महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा- ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन्।

अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उनको श्रीमती कविता अर्यालले कक्षा ७ मा अध्ययनरत अनुराधा गुप्तालाई कक्षा १२ सम्मको पठनपाठनको लागि अभिभावकत्व ग्रहण गरेका विद्यालयले जनाएको छ।

छोरा भिजन अर्यालकै इच्छा बमोजिम आफूहरुले अनुराधा गुप्ताको पठनपाठनको लागि अभिभावकत्व ग्रहण गरेको अर्याल दम्पतीको भनाई छ।कक्षा ७ मा अध्ययनरत अनुराधा गुप्तालाई अध्ययन गर्नको लागि परिवारीकस्थिती आर्थिक रुपमा कमजोर रहेको र उनी जेहेन्दार विद्यार्थी समेत रहेकी विद्यालयकी निमावि संयोजक उसा ठकुरीले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्