अमेरिका र चीन भ्रमण सफल भयो : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठसहित)

PM_Prachanda
लोकपाटी न्यूज
12 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमण सफल भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले समग्रमा दुवै भ्रमण सफल भएको बताएका हुन्। उनले भ्रमणका क्रममा भएका उच्चस्तरका द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुर्नपुष्टि भएको पनि जानकारी दिए।

‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ। उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिन मार्गप्रशस्त भएको जानकारी पनि गराए। प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ। पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ। र, अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ।’

साथै उनले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सहयोग पुग्ने भन्दै अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको जनाएका छन्।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab