भारतको एक भवनमा आगलागी, ६ जनाको जलेर मृत्यु

Fire
सांकेतिक तस्विर
लोकपाटी न्यूज
6 Shares

एजेन्सी। भारतको महाराष्ट्रमा एक भवनमा आगलागी हुँदा ६ जनाको जलेर मृत्यु भएको छ। महाराष्ट्रको गोरेगाउँस्थित आजाद नगरमा रहेको साततले भवनमा शुक्रबार बिहान करिव ३ बजे भीषण आगलागी हुदाँ २ बालक, २ महिलासहित ६ जनाको जलेर मृत्यु भएको हो।

भवनभित्र फसेका ३० जना बढीको उद्धार गरिएको छ। आगलागीबाट ४६ जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्। गम्भीर घाइते ३९ जनाको विभिन्न अस्पताल उपचार भैरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्