इजरायलमा मारिएका दश नेपालीको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

mantri parisad
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो।

यस्तै, सरकारले मृतकका परिवारलाई जनहि १० लाख रूपैंयाका दरले राहत दिने निर्णय पनि गरेको छ। बैठकपछि संचारमन्त्री रेखा शर्माले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको जानकारी दिए। शनिबा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो।