देशभर मौसम सफा रहने

लोकपाटी न्यूज
3 Shares

काठमाडौँ। आज देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहने छ ।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्