सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ। आज १ हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भइरहेको छ। तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ। आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्