तिहारमा भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध

Phul
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सरकारले तिहारमा भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ। आन्तरिक उत्पादनले माग माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो।

बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो। अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख गरिएको छ।

यस वर्ष स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकोले भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको पुष्प विकास केन्द्रको जारी सूचनामा उल्लेख छ। इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ। तिहारमा अत्यधिक मात्रामा सयपत्री फुलको मालाको माग हुन्छ।