प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोली बधाई

PM_Prachanda
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन्।

उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्