भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

samanya-prashasan-mantralaya
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई तत्कालका लागि बिदामा नबस्न निर्देशन दिएको छ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो।

भूकम्पले जनधनको क्षति भएकाले मृतक तथा घाइतेहरूको खोजी तथा पहिचान, घाइतेहरूको राहत उद्धार तथा स्वास्थ्य उपचारसहित अन्य सबै पक्षकहरूको व्यवस्थापनमा खटिनु पर्ने भएकाले तत्काल विदामा नबस्न पनि आग्रह गरेको हो।

‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

भूकम्पमा परी मृत्य भएका व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचार सहित अन्य सबै पक्षहरुको व्यवस्थापनमा खटिन प्रभावित जिल्लाका सबै स्थानीय निकाय एवम् स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरुलाई अनुरोध समेत गरेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ स्थित रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यान सहित जिल्लाका क्षेत्रमा धेरै जनधनको क्षति भएको मन्त्रालयले बताएको छ।

samanya-prashasan-mantralaya-noticed-earthquake

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्