राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा अर्चना

ramchandra-paudel_puja
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गरेका छन्।

राष्ट्रपति निवास शीतल निवासमा उनीहरूले बिहीबार तुलसीको विशेष पूजा अर्चना गरेका राष्ट्रपति कार्यालयको ट्वीटरमा उल्लेख गरिएको छ। आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउने गरिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्