काठमाडौं। काठमाडौं महानगरपालिका-१५ सानोभर्याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैगरी गोकर्णेश्वर नगरपालिका-८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका-९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका-८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-३ घर भएका २८ वर्षीय सङ्गम पोख्रेल आ-आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन्।
उदयपुर, त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय प्रदीप वाग्ले आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्। रूकुम पश्चिम, चौरजहारी नगरपालिका-५ भाग्री बस्ने ७८ वर्षीय रामबहादुर सार्की सोही ठाउँस्थित सिञ्चाई कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी, रूकुम पश्चिम, आठबिसकोट नगरपालिका-१३ घेत्मास्थित गुहे खोलामा सोही ठाउँ बस्ने ४६ वर्षीय मोती राम बुधबार मृत अवस्थामा फेला परेका छन्।
सिरहा, नवराजपुर गाउँपालिका-३ मेनहामा नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ। यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।