सुनको मूल्य घट्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्