गुलशन झाले यू–१९ एसिया कप खेल्ने क्यानको निर्णय

gulsan-jha pic
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका मुख्य अलराउन्डर गुलशन झाले यू–१९ एसिया कप खेल्ने भएका छन्। राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलशनलाई यू–१९ टिममा राख्ने विषयमा नेपाल क्रिकेट संघ क्यानले समेत औपचारिक निर्णय गरेको छ।

सिनियर राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएका गुलशनले यू–१९ टिमबाट समेत एसिया कप खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपाल यू–१९ प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो। यू–१९ एसिया कप डिसेम्बर ८ देखि १८ सम्म यूएईमा हुँदै छ।