लोक सेवामार्फत नाम निस्केपनि नियुक्ति लिन गएनन् इन्जिनियर, सडक विभागले निकाल्यो सूचना

sadak-bibhag
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन सडक विभागले आग्रह गरेको छ। विभागले आइतबार जारी गरेको सूचनामा सिफारिसअनुसार नियुक्ति लिन नआएका ९ जना उम्मेदवारको नाममा सूचना जारी गरेको हो।

नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्रा), सवइन्जिनियर पदमा सिफारिस भएपनि स्थायी नियुक्ति लिन नआएका ९ जनाको नाममा सार्वजनिक सूचना जारी गरेको हो। तोकिएको समयमा पनि नियुक्ति लिन नआएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने सूचनामा उल्लेख गरिएको छ।

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्