प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

PM_Prachanda
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज विहान ९ बजे बस्न लागेको हो।

बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ। नियमित बैठक अनुसार आज बैठक बस्न लागेको हो। आजको बैठकमा नियमति एजेण्डामाथि छलफल तथा निर्णय हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज बेलुका साढे ९ बजे संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ।