राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

Cabinet_Mantriparisad
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। राष्ट्रिय सभाका रिक्त सदस्य पदका लागि आउँदो माग ११ गते निर्वाचन हुने भएको छ।  निर्वाचन आयोगको सिफारिस अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको प्रवक्ता रेखा शर्माले बताइन्।

यसअघि निर्वाचन आयोगले माघ ११ मा निर्वाचन गर्न सरकारलाई सिफारिश गरेको थियो। राष्ट्रिय सभाका १९ सदस्यको फागुन २० गते पदावधि सकिंदै छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार फागुनमा रिक्त हुने पदहरूको पूर्ति माघ १५ गतेसम्म गरिसक्नुपर्ने हुन्छ।