उपसचिव गैरेले हाने महिला अधिकृतलाई झापड

Samsad-Sachiwalaya pic
लोकपाटी न्यूज
20 Shares

काठमाडौं। संघीय संसद सचिवालयका एक महिला कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन्। मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरेका हुन्।

उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयलाई लिएर अधिकृत तण्डुकारलाई झापड हानेका एक कर्मचारीले बताए। सचिवालयका एक अधिकारीका अनुसार मंगलबार बिहान करिब पौने ११ बजेतिर उपसचिव गैरेले सम्पूर्ण विवरण शाखाभित्र छिरेर मैले गरेको काम बिगार्ने तैं होइनस् भनेर अधिकृत तण्डुकारमाथि एक झापड हानेर निस्किएका थिए।

आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्। स्रोतका अनुसार यस विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेका छन्। घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गर्दा हातपात भएको देखिएको मेडिकल रिपोर्टमा उल्लेख गरिएको ती कर्मचारीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्