आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको जनाएको छ।

महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदी तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्