जसपाको कार्यकारिणी समिति बैठक आज

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो।

बैठकमा आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ। विशेष गरी राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयले जनाएको छ।

जसपाले गत भदौ महिनादेखि सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न कार्यकारिणी समितिको बैठक बोलाएको हो। तीन महिने अभियानको क्रममा जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो।