राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

paudel_Prachanda
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। मंगलबार बिहान शीतल निवासमा उनीहरूबिच भेटघाट भएको हो।

भेटमा उनीहरूबीच देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको बुझिएको छ। राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका कामप्रति निरन्तर चासो राख्दै आएका छन्।

भेटमा राष्ट्रपति पौडेलले राष्ट्रियसभा निर्वाचनबारे पनि चासो राखेको बताइएको छ। सरकारले पदावधि सकिएका १९ राष्ट्रियसभा सदस्यका लागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ। त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एक जना मनोनीत हुने व्यवस्था छ।