एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशको रिटमा कारण देखाऊ आदेश जारी

High Court
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सर्वोच्च अदालतले एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो। अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ भएको हो।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन्। उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन्।

सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरिएको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्