मन्त्री किराँती भन्छन् : सबै अस्तित्वको सम्मान गर्छु

Sudan_Kirati
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले सबै धर्मका आस्थावानको सम्मान गरेको बताएका छन्। पछिल्लो समय आफ्नो एउटा अभिव्यक्तिका कारण विवादित बनेपछि सामाजिक सञ्जालमार्फत उनले अहिले आफू सबैको अभिभावक भएको र त्यसैले सबै अस्तित्वको सम्मान गरेको बताएको स्पष्ट पारेका छन्।

मन्त्री किराँतीले लेखेका छन्, ‘फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौं। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।’ उनले संविधानको पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न आग्रह पनि गरेका छन्। अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्नेमा उनको जोड छ।

‘संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौं। अति वादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,’ मन्त्री किराँतीले लेखेका छन्।