राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ : सभापति देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थाबाट उभिएको बताएका छन्। शनिबार कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले संकटपूर्ण अवस्थामा सबै एकतावद्ध हुनुपर्ने बताएका हुन्।

अहिलेको समयमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न आवश्यक रहेको बताए। उनले कांग्रेसलाई अझै सुदृढ गर्न र यसलाई ग्रास लेभलबाटै पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्न पनि नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरे। सभापति देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए।