तीन राजनीतिक दलका शीर्ष नेताबीच भेटवार्ता

Netaharu-3 sirsa
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि थिए। बैठकमा माघ ११ गते हुने राष्ट्रियसभा चुनाव, सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।