सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ : उपसभामुख

Indira_Rana
लोकपाटी न्यूज
4 Shares

झापा। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएकी छन्।

नेपाल पत्रकार महासंघ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताइन्।

विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ थियो। ‘हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु,’ उनले भनिन्, ‘लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ।’

उनले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुद हुनुपर्ने उल्लेख गरिन्।