१ सय जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

parbat--patiprabesh
लोकपाटी न्यूज
4 Shares

निर्मल पौडेल/ पर्वत, १० पुस। जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत फलेवास नगर समितिद्धारा आयोजित पार्टी स्कुलिङको उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ। खानिगाउँमा आयोजित कार्यक्रममा अन्य दलहरु परित्याग गरि करिब १ सय जना नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। देशमा शान्ति,सुशासन,विकास र समृद्धि नेकपा माओवादी केन्द्रले मात्र स्थापित गर्न सक्ने भन्दै अन्य दलहरु परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि हरीराज अधिकारी र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले टिका र फूलमाला लगाएर स्वागत गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सर्वाहारा शोषित पीडित जनताको लागि माओवादी पार्टी मात्र भएको बताए। अधिकारीले परिवर्तनकारी शक्तिहरु एक हुनुको विकल्प नभएको भन्दै ढिलो चाँडो सवै न्यायप्रेमी जनताहरु माओवादी केन्द्रमा सामेल हुने जिकिर गरे। यस्तै विशिष्ठ अतिथि तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरेले जनताको सुखदुःखमा माओवादी केन्द्रले साथ सहयोग गर्ने भन्दै पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरे।

गैरेले तीन महिने जनतासँग पार्टी रुपान्तरण अभियानले सिङ्गो पार्टी र जनवर्गीय संगठनहरु मजबुत भएको बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्र फलेवास नगर कमिटी अध्यक्ष तथा फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्रीले फलेवासमा माओवादी पार्टीप्रती जनलहर बढेको भन्दै खुशी व्यक्त गर्दै क्षेत्रीले आउँदो चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने जिकिर समेत गरिन्। स्कुलिङ र कार्यदिशाबारे केन्द्रीय सदस्य तथा प्रमुख अतिथि हरिराज अधिकारीले बोलेका थिए। सरकारका कामबारे केन्द्रीय सदस्य मधु अधिकारी प्रष्ट पारे।यसैगरी संगठनको बारेमा गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरेले स्पष्ट पारेका थिए।पार्टीको दृष्टिकोणबारे गण्डकी प्रदेशका उपाध्यक्ष गुणाखर बस्याल र सूचना संचार तथा प्रविधीबारे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका सचिव सुनिल पाण्डेले बोलेका थिए।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य प्रेम राना,जिल्ला संयोजक मनरुपा सुवेदी बिमला, खेलकुद संघका केन्द्रीय सदस्य हिटलर थापा लगायतको उपस्तिथि रहेको थियो। माओवादी केन्द्र फलेवास नगर कमिटी अध्यक्ष शोभाकुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगर कमिटी उपाध्यक्ष कमल भुसाल र संचालन नगर कमिटी सचीव ढाकाराम सुवेदीले गरेका थिए।