लेकसाइडमा हुने सडक महोत्सवको तयारी अन्तिम चरणमा

pic-sadak mahotsab
लोकपाटी न्यूज
5 Shares

निर्मल पौडेल/ पोखरा, ११ पुस। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हुने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। पौष १२ गते देखि १६ गते सम्म हुन लागेको २५ औं सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले मंलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।

यस बर्ष आयोजना हुने सडक महोत्सवमा खाना र स्थानीय उत्पादनलाई विशेष जोड दिइने रेवान पोखराका प्रथम उपाध्यक्ष एवं महोत्वसवका संयोजक विश्वराज पौडेलले बताए।

महोत्सव आयोजना हुने लेकसाइडको ३ किलोमिटर क्षेत्रअन्तर्गत अम्मट, गौरीघाट, हल्लनचोक र खहरेमा गरि ४ वटा स्थानमा स्टेज बनाइने आयोजकले जनाएको छ।

महोसत्सवको मुख्य आर्कषणमा लाइभ ब्यान्ड कन्सर्ट, लाइभ लोक दोहोरी, विभिन्न खेलकुद प्रतियोगिता, विविध जातिका साँस्कृतिक तथा भेषभुष प्रर्दशनी कार्यक्रम रहने भएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराई बताए।