बालकुमारी घटना छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन

mantri-gadi
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। लतिलपुरमा भएको प्रदर्शनका क्रममा दुई जनताको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ।

गृह मन्त्रालयले भर्खरै गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन्। सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेका छन्।

उक्त घटनामा प्रहरीले अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको थियो। प्रहरीको गोली लागेको भनिएका दुई जनाको मृत्यु शंकास्पद देखिएपछि मन्त्रालयले छानविन समिति गठन गरेको हो।