सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ

Anita-devi-Saha pic
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ परेकी छन्। प्रहरीले माइतीघर मण्डलाबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको हो।

धोती दिवस मनाउन माइतीघर मण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीसहित, जनमत पार्टीका अध्यक्ष सिके राउत र पार्टीका अरू नेताहरू पनि पक्राउ गरेको छ।

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।