कान्तिपुर पब्लिकेशनविरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जती मुद्दा

Rabi lamichhane pic
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन्। आज (मंगलबार) लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन्।

‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। मुद्दा दर्तापछि लामिछानेले सामाजिक संजालमा लेखेका छन्‚ ‘सहकारी पीडितहरुको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।’

उनले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको उल्लेख गरेका छन्।