दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने भण्डारी दम्पती पक्राउ

pic-000
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी, रिया वली भनिने टिका कुमारी वली रहेका छन्।

विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली र्पुयाई वेश्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो। उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ ।

dalali

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्