महिला क्रिकेटबाट ज्योति पाण्डेले लिइन सन्यास

pic-000
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्।

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा कोशी प्रदेशलाई हराउँदै उपाधि जितेसँगै उनले सन्न्यासको घोषणा गरेकी हुन्। उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले गार्डअफ अर्नरको सम्मान पनि दिएको थियो।

ज्योतिले नेपालको राष्ट्रिय महिला क्रिकेटबाट १७ टि२० आई खेल खेलेकी छन्। घरेलु क्रिकेटमा ज्योतिले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी थिइन्।