वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी

Arrest pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन्। करोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका छन्।

अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक एक लाख तलब प्राप्त हुने प्रलोभनमा पारी पटक-पटक गरेर उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यसैगरी कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ। निजले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन्।

यसैबिच, स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका-४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ। सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्