प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

Haribol_Gajurel
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा स्वीकृत भएको जानकारी दिए।

प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुने गरी राजीनामा स्वीकृत भएको बिहीबार जानकारी गराएको हो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुने गरी स्वीकृत भएको छ,’ आचार्यले भने।