सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, एक जनाको मृत्यु

लोकपाटी न्यूज
8 Shares

सर्लाही। सर्लाहीको बरहथवामा प्राथमिक अस्पतालको विषयमा भएको विवादका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बरहथवा नगरपालिका-६ का ३२ वर्षीय जयशंकर साह रहेकोका छन्।

साहको टाउकोमा गहिरो चोट रहेको स्थानीयको भनाइ छ। स्थानीयले मृतकको टाउकोमा गोली लागेको दाबी गरेपनि स्थानीय प्रशासनले गोली लागेर आन्दोलनकारीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छैन। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक जनाको मृत्यु भएको जानकारी आए पनि प्रहरीको गोलीबाटै हो भन्ने पुष्टि नभएको बताए।

नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाका कार्यालय अगाडि शुक्रबार प्रदर्शन भएको हो। प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले १३ राउन्ड गोली हवाई फायर गरेको थियो। भीडलाई नियन्त्रणमा लिन १९ राउन्ड अश्रुग्याँस समेत प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र पंजियारले बताए। घटनापछि बरहथवा बजार क्षेत्रको स्थिति थप तनावपूर्ण बनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्