थ्यान्क्यु सिनेमाको व्यानरमा चलचित्र निर्माणको तयारी

jeevan thapa
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। थ्यान्क्यु सिनेमाको ब्यानरमा चलचित्र निर्माण हुने भएको छ। चलचित्रको नाम सार्वजनिक नभएपनि अहिले स्कृप्ट लेखनको कार्य धमाधम भइरहेको छ। चलचित्रमा विशेषगरी रंगमञ्चमा काम गरेका कलाकारहरूलाई प्राथमिकता दिइने निर्माण पक्षले जनाएको छ।

यसअघि एकमात्र कलाकार राखेर ‘अन्तिमपाना’ चलचित्र निर्माण गरेका दिवाज राई किराँतीले नै चलचित्र निर्माण गर्न लागेका हुन्। चलचित्रको स्कृप्ट लेखन अभिनेता जीवन थापा क्षितिजले गरिरहेका छन्। अहिलेसम्म ५० प्रतिशत स्कृप्ट लेखनको कार्य सकिएको थापाले जानकारी दिए।

थापा विगत एक दशकदेखि रंगमञ्चसँगै चलचित्र लेखन निर्देशनमा सक्रिय छन्। चलचित्रको छायांकन आगामी भदौदेखि सुरू हुने निर्माता राईले जानकारी दिए। यसको छायांकन नेपालका विभिन्न स्थान तथा विदेशमा पनि हुने उनले बताए।

करिव तीन करोडको लगानीमा फिल्म निर्माण हुने छ। अहिले कलाकार र निर्देशकको भने टुङ्गो लागिसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्