कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै आज

congress-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ। बैठक आज दिउँसो एक बजे बस्ने सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रियसभाको निर्वाचन लगायत समसामयीक विषयमा छलफल गरिने जनाइएको छ।

यस्तै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गर्ने दिन पुस २३ नजिकिँदै गर्दा कांग्रेसले उम्मेदवार टुंगो लगाउन कांग्रेसले बैठक बोलाएको हो।