राष्ट्रियसभा चुनावमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी

Satta_Gatha_bandhan meeting
फाइल तस्बिर
लोकपाटी न्यूज
6 Shares

काठमाडौं।राष्ट्रियसभा चुनावमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी भएको छ। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकमा यस्तो समझदारी भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

नेता लेखकका अनुसार ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ। सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि शनिबार दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने बताइएको छ।