बङ्गलादेशको यात्रुवाहक रेलमा आगलागी हुँदा चार जनाको मृत्यु

TRAIN_FIRE
लोकपाटी न्यूज
3 Shares

ढाका। बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९:०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन्। स्थानीय समय अनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०:२० बजे नियन्त्रणमा आएको थियो।

आगलागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपयुक्त इकबाल हुसेनले पत्रकारहरूलाई बताएका छन्। -रासस/सिन्ह्वा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्