मधेश र गण्डकीमा ग्लोबल आइएमईको स्वास्थ्य शिविर

Global_IME_Bank
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। ग्लोबल आइएमई बैंकले मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

बैंकले मधेश प्रदेशअन्तर्गत सिराहाको सुखीपुर नगरपालिकामा रहेको सुखीपुर स्वास्थ्य चौकीमा एक सय ७० र गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पोखरे आधारभूत विद्यालयमा एक सय ८० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको बैंकले जनाएको छ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोगविज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क रूपमा उपलब्ध गराएको जनाइएको छ। प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरका गम्भीर बिरामी पहिचान गरी कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क-वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्