शेयर बजारमा आज हरियाली

share-market-
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा आज ३६ अंकमाथिले वृद्धि भएको छ। अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोस्रो दिन ३६ दशमलव ५७ अंकले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको हो।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अंकले उकालो लागेको छ।

आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। आजदेखि कारोबारमा आएको हिमालयन रि-इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ।

आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राको मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद/बिक्री भएको छ। आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्