राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने आज

Nirbachan_Aayog_Election
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी हाल्न सकिनेछ। निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुने र २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

यसैगरि पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगको कार्यतालिका छ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ भने मतदान सकिएपछि त्यसै दिन मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ। राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी दर्ता भएको छ।