नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

purushottam-khanal rajinama
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन्।

खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन्। खनालको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ।

अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए।