बलात्कार मुद्दामा दोषी ठहर सन्दीपमाथि सजाय तोक्न आज पेसी

cricket player of nepal
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय काठमाडौं जिल्ला अदालतले आज बुधबार तोक्दैछ। गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।

तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ।पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो।

इजलासले काठमाडौँदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर गौशालास्थित ‘काठमाडौँ होटल इन’मा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको फैसलामा उल्लेख छ। अदालतले पीडित किशोरीको उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको भए पनि जबरजस्ती करणी भएको भन्दै लामिछानेलाई दोषी ठहर गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्