स्पेनमा नेपालीबीचको फुटबल प्रतियोगिता हुने

pic khel
लोकपाटी न्यूज
6 Shares

स्पेन। स्पेनमा नेपालीहरुबीच फुटबल प्रतियोगिता हुने भएको छ। फुटबल खेलमा अब्बल मानिएको स्पेनमा रोजगारीका लागि आइपुगेका नेपालीहरु मैदानमा उत्रिने भएका छन्। एनआरएनए स्पेनले एनआरएनए फुटबल कप आयोजना गरेको हो।

एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेलले नेपाली बीचको खेलले नेपालीलाई एक्यवद्ध बनाउने बताए। उनका अनुसार खेल यहि २८ (माघ १४) मा हुनेछ। खेल बार्सिलोनाको एफसी क्यान वोक्सिरेस क्रातादे एसपुलगेस ०८९०६ एल हस्पितालेत दे लोब्रेगातमा हुनेछ।

खेल दिउसो २ बजेदेखि सुरु हुनेछ। एनआरएनए स्पेनले वर्षेनी फुटबल कप गर्दै आइरहेको छ। कँडेलले स्पेनमा रहेका क्षेत्रीय समिति, सामाजिक, वैचारिक, जातीय संघ संस्था, क्लबहरु सहभागी हुने जानकारी दिए। एक दर्जन टिम प्रतियोगितामा भाग लिने छन्।

विजेताले ८ सय १ युरो, उपविजेताले ४ सय १ युरो नगद पाउनेछन्। यस्तै ट्रफि कप, मेडल, प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट र अनुशासित खेलाडीलाई ट्रफि, मेडल समेत प्रदान गरिनेछ।स्पेनमा झण्डै १० हजार नेपालीहरु छन्। ११ वर्ष भन्दा मुनिका नेपाली नानीबाबुहरुबीच मैत्रीपूर्ण फुटबल खेल समेत खेलाईने उनले बताए।