दाङ बस दुर्घटना : मृतक १२ जनाको सनाखत

accident_
लोकपाटी न्यूज
5 Shares

दाङ। नेपालगन्जबाट काठमाडौं आउदैं गरेको यात्रुबाहक बस शुक्रबार राति दाङस्थित राप्ति नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ जिल्लाको देउखुरी गापा १ भालुवाङमा रहेको राप्ति पुलबाट नदीमा खसेको थियो। अत्याधिक गतिमा रहेको यात्रुबाहक बसले पुलको रेलिङ भाँचेर नदिमा खसेको हो।

मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्