एमालेका ६ केन्द्रीय सदस्यले लिए शपथ

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेकपा (एमाले) का ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ६ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, विनोदकुमार शाह र दामोदर भण्डारीलाई केन्द्रीय सदस्यको शपथ गराएका हुन्। उनीहरू २६ औँ सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए।

मनोनीत ६ मध्ये ५ पूर्व प्रदेश अध्यक्ष हुन् भने कार्की झापा जिल्ला अध्यक्ष हुन्। शपथग्रहण समारोहमा पार्टी पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।