चीनको प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले वृद्धि

लोकपाटी न्यूज
5 Shares

एजेन्सी। चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ।

चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशत बढी हो।

विभागका अनुसार सन् २०२३ मा कूल ११ करोड ९९ लाख ७० हजार टन प्राकृतिक ग्यास आयात गरिएको थियो। यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले वृद्धि हो।

डिसेम्बरमा मात्रै चीनको प्राकृतिक ग्यास आयातमा २३ प्रतिशत अर्थात् एक करोड २६ लाख ५० हजार टन प्राकृतिक ग्यास आयात गरेको छ। वृद्धि दर नोभेम्बरको तुलनामा १६.४ प्रतिशत बढी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्